पुराना संस्कृति संरक्षणका लागि कार्यक्रमको आयोजना



फागुन २१, पीपरी (देउखुरी दाङ)
राप्ती गाउँपालिकामा परम्परागत कला संस्कृति संरक्षणका लागि सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
राप्ती गाउँपालिका वडा नं ८ को आयोजनामा पुराना स्थानिय कला संस्कृति झल्कने परमपरागत गित संगीत तथा नृत्यहरु संरक्षणको लागि कार्यक्रमको आयोजना गरिएको हो ।

वडा नं ८ का वडा अध्यक्ष गोकर्ण बहादुर रानाको अध्यक्षता तथा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वडा नं ८ का स्थानिय बासीन्दाहरुद्धारा सास्कृतिक कला प्रदर्शन गरिएको थियो ।
स्थानिय थारु, मगर, गुरुङ समुदायका पुराना लोपोन्मुख संस्कृति झल्कने सास्कृतिक प्रस्तुतिहरु कार्यक्रममा सहभागी गराईएको थियो ।

स्थानिय ११ वटा लोपोन्मुख संस्कृति झल्कने सास्कृतिक प्रस्तुतिहरु रहेको कार्यक्रममा घाँटु नाच, सोरठि नाच, कौडा नाच, पैया नाच, झ्याउरे नाच, भुमरा नाच, पन्चेवाजा नौमति नाच लगायतका नाच प्रस्तुत गरिएको थियो ।

सास्कृतिक कार्यक्रममा प्रस्तुति राख्ने सहभागी समुहलाई वडा कायालयले नगद तथा प्रमाणपत्रले सम्मान समेत गरेको थियो । आगामी फागुन २६ गते वडा नं ६ को पत्यर गढवामा समेत सास्कृतिक कार्यक्रम तथा वडा कार्यालय उद्घाटन कार्यक्रमको आयोजना गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्