ज्योतीले तताउने जखेरा मेला, दर्शकको घुईँचो हुने निश्चित



दाङ । देउखुरीको जखेरातालमा शिबरात्री विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
“स्थानिय जलस्रोत तथा ताल तलैयाको संरक्षण गरौँ, जखेराताल लाई पर्यटन प्रबर्द्वनमा टेवा पुय्राअौँ” भन्ने उद्देश्य सहित कार्यकम हुन लागेको हो ।

महाशिवरात्री पर्वको अवसरमा लुम्बिनी प्रदेश राजधानी क्षेत्र दाङको प्रसिद्ध पर्यटकीय स्थल जखेरातालमा एकदिने सांस्कृतिक कार्यक्रम हुने कार्यक्रमका सँयोजक दिपक बर्माले जानकारी दिए ।

डि-टु कलाकेन्द्र लमहीको आयोजनामा हुन लागेको कार्यक्रममा पछिल्लो समय निकै नै चर्चित युवाकि ढुकढुकी लोक दोहोरी गायिका ज्योति मगरले मञ्च तताउने छिन् ।

साथै मोडल तथा गायक विक्रम राना, कार्यक्रम सँयोजक तथा मोडल दिपक बर्मा, चौधरी गायक दोषहरण चौधरी, गायिका वसन्ती चौधरी, मोडलहरु अनुप बुढा मगर, सुरज पाण्डेय, डान्सर हेमन्त पाण्डेय, बालिका कलाकार हरु अनुष्का आचार्य, एञ्जल सोमई मगरको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस्तै कार्यक्रममा डि-क्र्यु डान्स समुहका साथै स्थानिय तथा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहनेछ ।

लामो समय पश्चात् यही फागुन २७ गते हुन गईरहेको साँस्कृतिक कार्यक्रममा दर्शकको उपस्थिति उल्लेखनिय रहने आयोजकको दाबी छ ।
कार्यक्रमको सम्पुर्ण तयारी तिब्र रुपमा भईरहेको छ । कार्यक्रममा उपस्थिति भएर भरपुर मनोरञ्जन लिनुहुन आयोजकले सबैमा अनुरोध समेत गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्