मुख्य समाचार

गौतमलाई भेट्न भैंसेपाटी किन पुगे प्रधानमन्त्री ओली?

By Thah Online

March 06, 2021

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन्। गौतम अस्वस्थ भएका कारण प्रधानमन्त्री भेट्न आएको गौतमका स्वकीय सचिव दीपक टमटाले बताए। पार्टी विभाजनपछि कतै पनि नलागेका गौतमले पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन्।

संसद् पुनस्र्थापना भएपछि गौतमले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने बताएका थिए। उनले पार्टी एकीकरणका लागि ओली र पुष्पकमल दाहाल दुवैलाई भेटेर दबाब दिएका थिए। प्रधानमन्त्री ओली भैंसेपाटी जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ। गौतम पत्नी तुलसा थापा समानुपातिक तर्फकी सांसद हुन्। उनी अहिले कुनै समूहमा पनि खुलेकी छैनन्। यसैगरी ओली समूहमा आएकी माया ज्ञवाली दाहाल–नेपाल समूहमा गएपछि ओलीलाई अप्ठ्यारो परेको थियो। थापा आए ओलीलाई अली सजिलो हुने बताइएको छ।