नवलपरासी सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा लागू अौषध बरामद



नवलपरासी पश्चिम, २२ फागुन – नवलपरासी पश्चिमको सशस्त्र प्रहरीले ठुलो सफलता हासिल गर्न सफल भएको छ । सशस्त्र प्रहरी बल बिअोपी गुठी परसौनीले बिशेष सुराकीको अधारमा ठुलो मात्रामा लागू अौषध बरामद गरेको हो ।

प्रतापपुर गाउँपालिका वडा नं ५ बैदौली स्थित पश्चिम गण्डक नहरको पुलबाट सशस्त्र प्रहरी नेपाल गुठी परसौनी (BOP) का इन्सपेक्टर संतोष खरेलको नेतृत्वमा रहेको टोलीले पैदल यात्रीलाई चेकजाँच गर्न खोज्दा ब्याग ( झोला ) फालेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । शंकाको अधारमा ब्यागलाई चेकजाँच गर्दा उक्त ब्यागबाट ठुलो मात्रामा लागू अौषध बरामद भएको सशस्त्र प्रहरी नेपाल गुठी परसौनीले जनाएको छ । उक्त ब्यागबाट क्लोराफेनरामाइन मिलेट र कोडिन २५ पिस सिरफ, ट्रमाडोल र एसिटामिनोफेन ४२ पत्ता, नाइट्रोभेट २ सय २२ क्यापसुल, बुप्रिनोरफिन २० पिस, प्रोमेथाजिन हाइड्रोक्लोराइड ४० पिस , केही मात्रामा गाजा सहित लागु औषध बरामद गरेको हो ।

बरामद भएको उक्त लागू अौषदको अनुमानित मुल्य ७० हजार रहेको सशस्त्र प्रहरीले बताएको छ । फरार व्यक्तिको खोजी कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सिमा क्षेत्रबाट लागू अौषध अोसारपसार भइरहेको जन गुनासो बढिरहेको अवस्थामा गण नं २६ बेलाशपुरका एसपी महेश अधिकारीको विशेष निर्देशनमा सशस्त्र प्रहरीले निगरानी बढाएको हो । लागु पदार्थको प्रयोग र कारोबार बढ्दै गएको छ त्यस अनुसार नियन्त्रणका लागि जनशक्ति अभाव रहेको सरोकारवालाहरुले बताउँछन् । लागु पदार्थ दुर्व्यसन र कारोबारको स्थिति भयावह बन्दा पनि सरकारले खास नीति नल्याएको लागु पदार्थ दुर्व्यसनको क्षेत्रमा काम गर्नेहरू बताउँछन् । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट त्यस्ता लागु पदार्थ अन्य नाकाहरूबाट नेपाल भित्र्याउने गरिएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्लाको महेशपुर, बिसुनपुरा, भुजहवा, बसहिया, बन्नकट्टी लगायतको नाकाबाट लागू पदार्थ अोसारपसार हुने गरेको स्थानियले बताउँछन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्