शरद रेग्मी
दाङ, माघ ३ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले दाङ्गलाई प्रादेशिक राजधानी वनाउनका लागि सवै एकजुट भएर लाग्नुपर्ने वताउनुभएको छ ।तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै पाण्डेले दाङ्गमा मात्रै आन्दोलन गरेर नहुने भएकाले केन्द्रमा गएर पनि पहल गर्नुपर्ने वताउनुभयो । उहाँले भन्नुभयो ‘केन्द्रमा गएर सामुहिक रुपमा केन्द्रीय नेताहरुलाई निरन्तर दवाव दिने काम गरौ ।’ आन्दोलनलाई सवैले मर्यादित र संयमित ढँगले अगाडि वढाउनुपर्ने आवश्यकता भएका वताउँदै पाण्डेले टायर वालेर र तोडफोड गरेर लक्ष्यमा पुग्न नसकिने पनि वताउनुभयो ।
‘प्रदेश राजधानी दाङ्ग उपयुक्त छ भन्ने कुरा सरकारी प्रतिवेदनमा समेत उल्लेख भएकाले हामी पछाडि हट्नु हुँदैन ।’ पाण्डेले भन्नुभयो । त्यसैगरि तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजालले आन्दोलनका क्रममा केही गलत काम भएको वताउँदै सवै मिलेर संमित ढँगले आन्दोलनलाई निरन्तरता दिनुपर्ने वताउनुभयो ।
यसैगरि तुलसीपुरमा राप्ती वहिरा संघ दाङ्गले लगाउन थालेको महोत्सवले स्थानीय व्यापारीहरुलाई असर पर्ने भएकाले त्यसलाई तत्कालका लागि रोक्नुपर्ने कुरा पनि छलफलमा उठाइएको छ । ‘हामी वहिरा संघको भवन वनाउनका लागि सहयोग गर्न तयार छौ तर व्यवसायीलाई असर पर्ने यस्ता महोत्सव लगाउन दिन्नौ ’ तुुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले वताउनुभयो । उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव रुपवहादुर खत्रीले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।