प्रहरी जवानको परीक्षामा नक्कली विद्यार्थी फेला, २२ जना पक्राउ



प्रहरी जवान खुला तथा समावेशी परीक्षाको लिखित परीक्षामा नक्कली विद्यार्थी फेला परेका छन् । लोक सेवा आयोग दीपायल केन्द्रबाट महेन्द्रनगरका विभिन्न क्षेत्रमा सञ्चालन भएको परीक्षामा नक्कली विद्यार्थी भेटिएका हुन् । यसक्रममा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार शनिबार २२ जनालाई विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो ।

नागरिकताको प्रमाण पत्र, प्रवेश पत्रमा फोटो फेरेर समेत परीक्षामा सहभागी भएको पाइएको चतुर्वेदीले बताए । ‘हस्ताक्षरसमेत किर्ते गरी सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन्,’ उनले भने ।पक्राउ परेकाहरू कैलाली, बझाङ र दार्चुलाका छन् । ११ बजे परीक्षा सुरु भएपछि प्रहरी परीक्षा केन्द्रहरूमा गएको थियो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान थालिएको उनले बताए ।

को-को पक्राउ परे ?

अविनाश चौधरी, वर्ष १८ कैलाली गापा–३ कैलाली
गोकुल धामी, वर्ष १८ मार्मा गापा-३ दार्चुला
अजय कठायत, वर्ष १९ मष्टा गापा-४ बझाङ
लोकराज जोशी, वर्ष २० तल्कोट गापा-३ बझाङ
दिनेश महरा, वर्ष २४ मार्मा गापा-६दार्चुला
लेखराज चौधरी, वर्ष २० कैलाली गापा-६ कैलाली
विपीन चौधरी, वर्ष १८ धउमनपा-४ कैलाली
लक्ष्मण चन्द, वर्ष २४ धउमनपा-५ कैलाली
दिनेश खाती, वर्ष २२ तल्कोट गापा-१ बझाङ
बलराम कठायत, वर्ष १८ मष्टा गापा-३ बझाङ
कमल कठायत, वर्ष २० मष्टा- ४ बझाङ
विशाल चौधरी, वर्ष २० कैलाली गापा-३ कैलाली
सागर बोहरा, वर्ष १८ टिकापुर नपा-२ कैलाली
सागर ब। देउपा, वर्ष १८ धउमनपा-५ कैलाली
नवीन जोशी, वर्ष १९ तल्कोट -३ बझाङ
शिवराज नेपाली, वर्ष २० थलारा गापा-३ बझाङ
कृष्ण कठायत, वर्ष २० दुर्गाथली गापा-५ बझाङ
नवीन जोशी, वर्ष १९ तल्कोट -३ बझाङ
विक्रम बोहरा, वर्ष १९ जनबासा गापा-७ बझाङ
प्रवीन कठायत, वर्ष १८ मष्टा गापा-४ बझाङ
विमल बोहरा, वर्ष २२ बुनपा-७ बझाङ
जीवन बोहरा, वर्ष २० जनपा-८ बझाङ

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्