Banner Second

प्रहरी जवानको परीक्षामा नक्कली विद्यार्थी फेला, २२ जना पक्राउ

By थाहा अनलाइन

March 06, 2021

प्रहरी जवान खुला तथा समावेशी परीक्षाको लिखित परीक्षामा नक्कली विद्यार्थी फेला परेका छन् । लोक सेवा आयोग दीपायल केन्द्रबाट महेन्द्रनगरका विभिन्न क्षेत्रमा सञ्चालन भएको परीक्षामा नक्कली विद्यार्थी भेटिएका हुन् । यसक्रममा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार शनिबार २२ जनालाई विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो ।

नागरिकताको प्रमाण पत्र, प्रवेश पत्रमा फोटो फेरेर समेत परीक्षामा सहभागी भएको पाइएको चतुर्वेदीले बताए । ‘हस्ताक्षरसमेत किर्ते गरी सहभागी भएका नक्कली परीक्षार्थी पक्राउ परेका छन्,’ उनले भने ।पक्राउ परेकाहरू कैलाली, बझाङ र दार्चुलाका छन् । ११ बजे परीक्षा सुरु भएपछि प्रहरी परीक्षा केन्द्रहरूमा गएको थियो । पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान थालिएको उनले बताए ।

को-को पक्राउ परे ?

अविनाश चौधरी, वर्ष १८ कैलाली गापा–३ कैलाली गोकुल धामी, वर्ष १८ मार्मा गापा-३ दार्चुला अजय कठायत, वर्ष १९ मष्टा गापा-४ बझाङ लोकराज जोशी, वर्ष २० तल्कोट गापा-३ बझाङ दिनेश महरा, वर्ष २४ मार्मा गापा-६दार्चुला लेखराज चौधरी, वर्ष २० कैलाली गापा-६ कैलाली विपीन चौधरी, वर्ष १८ धउमनपा-४ कैलाली लक्ष्मण चन्द, वर्ष २४ धउमनपा-५ कैलाली दिनेश खाती, वर्ष २२ तल्कोट गापा-१ बझाङ बलराम कठायत, वर्ष १८ मष्टा गापा-३ बझाङ कमल कठायत, वर्ष २० मष्टा- ४ बझाङ विशाल चौधरी, वर्ष २० कैलाली गापा-३ कैलाली सागर बोहरा, वर्ष १८ टिकापुर नपा-२ कैलाली सागर ब। देउपा, वर्ष १८ धउमनपा-५ कैलाली नवीन जोशी, वर्ष १९ तल्कोट -३ बझाङ शिवराज नेपाली, वर्ष २० थलारा गापा-३ बझाङ कृष्ण कठायत, वर्ष २० दुर्गाथली गापा-५ बझाङ नवीन जोशी, वर्ष १९ तल्कोट -३ बझाङ विक्रम बोहरा, वर्ष १९ जनबासा गापा-७ बझाङ प्रवीन कठायत, वर्ष १८ मष्टा गापा-४ बझाङ विमल बोहरा, वर्ष २२ बुनपा-७ बझाङ जीवन बोहरा, वर्ष २० जनपा-८ बझाङ