काठमाण्डौ, ३ माघ । लामो समयको अनिश्चयलाई तोड्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। मन्त्रिपरिषद् बैठकमा सहभागी भएका कानूनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ।
को भए प्रमुख
प्रदेश प्रमुखहरु पनि तोकिएका छन्।प्रदेश नम्बर १ को प्रमुखमा गोविन्द सुब्बा तोकिएका छन्। त्यस्तै प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ प्रदेश नम्बर ३ मा भने अनुराधा कोइराला,प्रमुख ताकेको छ । त्यसका साथै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर तथा प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गा खनाल र ७ मा मोहनराज मल्ल प्रमुखमा तोकिएका छन् कानुन मन्त्री यज्ञबहादुर थापाले जानकारी दिनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।