प्रचण्ड माधब समुहले गर्याे, प्रतिनिधीसभा बैठक बहिस्कार



फागुन २३, काठमाडौं ।  नेकपा प्रचण्ड-माधव समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । प्रचण्ड–माधव समूहका सबै सदस्य बाहिरिएका छन् ।

सो समूहले सर्वोच्च अदालतले संसद्‌ पुनर्स्थापित गरेसँगै सरकारले वैधानिकता गुमाएको उल्लेख गर्दै अध्यादेश सहितका कार्यसूची हटाउन माग गरेको थियो ।

तर सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरू पेश गर्नुपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरेपछि प्रचण्ड–माधव समूहका सदस्यहरु बाहिरिएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्