Banner First

संसदमा लफडा भएपछि दाहाल-नेपाल समूहले दियो यस्तो धम्कि

By थाहा अनलाइन

March 07, 2021

काठमाडौं । आजको संसद बैठकमा हुलदंगा भएसँगै नेपालको राजनीतिको कोर्ष जटिलतातिर गएको छ । विभाजित नेकपा दाहाल-नेपाल समूहले जबर्जस्ती गरे राम्रो नहुने चेतावनी दिन थालेको छ ।

सिंहदरबारमा कानुन व्यवसायीसँग गरेको छलफलपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसला बढी राजनीतिक भएको बताए ।

“सर्वोच्चको फैसला बढी राजनीतिक प्रवृत्तिको भयो भन्ने छ । त्यसको आधारमा भोलि स्थायी कमिटीको बैठक बसेर आवश्यक निर्णय गर्छौं । हामीले यस्तो अपेक्षा गरेका थिएनौँ । जबर्जस्ती जोेड्न खोजियो भने राम्रो हुँदैन ।”