केही स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना, आगामी तीन दिनको मौसम पूर्वानुमान



आगामी तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन २४ गते (सोमबार)

दिउँसो : सुदुरपश्चिम प्रदेश का साथै देशका पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भू-भागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।

फाल्गुन २५ गते (मंगलबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, वागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षा को सम्भावना रहेको छ।

फाल्गुन २६ गते (बुधबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भू-भागहरुमा आंशिक बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षा को सम्भावना रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्