Banner Third

वामपन्थी नेता कट्टेलको रिट निवेदनमाथि सुनुवाइ

By Thaha - Online

March 08, 2021

काठमाडौं। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसँग जुधाएर ओली–प्रचण्डले दल दर्ता गरेकाले उक्त नाम बदर गरिपाउँ भनी वामपन्थी नेता ऋषि कट्टेलको रिट निवेदनमाथि सुनुवाइ गर्दै सोमबार अनौठो फैसला गरेपछि देशको राजनीति गर्माएको छ।

दलको समान प्रकृतिको नाम बदर गरिपाउँ भन्ने कट्टेलको रिट निवेदनमाथि सुनुवाइ गर्दा अदालतले नेकपाको एकता प्रक्रिया नै बदर गरिदिएपछि अदालतको फैसलासमेत विवादको घेरामा परेको छ।