कपिलवस्तु मा सञ्चारकर्मीहरु संग अन्तरक्रिया सम्पन्न



कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा मा कृषि ज्ञान केन्द्र द्वारा संचारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र का प्रमुख भीमनाथ शर्माले विभिन्न अायाेजनाहरु र कुल बजेट , कार्यक्रम काे सुचना प्रकाशन मिति , विभिन्न कार्यक्रम काे बजेट र परिमाण , परेका प्रस्तावहरु र पेश गर्नु पर्ने कागजातहरु , भुक्तानी काे लागि पेश गर्नु पर्ने कागजातहरु र फिल्ड भेरिफिकेशन काे विषयवस्तु छलफल गर्नु भएको थियो ।

कृषि ज्ञान केन्द्र कपिलवस्तु का बाली संरक्षण अधिकृत (फाेकल पर्सन) सत्यराम हरिजन ले कृषि विषय अध्ययन गरेका युवाहरु का लागि उद्यमशिलता विकास कार्यक्रम , अभियानमुखि प्याज र लसुन उत्पादन कार्यक्रम , राेड करिडाेर / राजमार्ग लक्षित तथा मिसन कार्यक्रम , किसान २ परियोजना संग सहकार्य मा बजारमुखि धान प्रबर्द्धन कार्यक्रम र कृषि विकास कार्यक्रम लगायत अन्य कार्यक्रम काे बारेमा छलफल गरेका थियो ।

कृषि ज्ञान केन्द्र कपिलवस्तु का प्रमुख भीमनाथ शर्मा काे अध्यक्ष्ाता र नेपाल पत्रकार महासंघ कपिलवस्तु का सचिव हरि अधिकार काे अतिथिता मा सञ्चारकर्मीहरु संग अन्तरक्रिया सम्पन्न भएको छ ।

उक्त कार्यक्रम मा कृषि ज्ञान केन्द्र कपिलवस्तु का प्रमुख भीमनाथ शर्मा , नेपाल पत्रकार महासंघ कपिलवस्तु का सचिव अतिथि हरि अधिकारी , अतिथि शिव पुजन गुप्ता ,सत्यराम हरिजन , गंगाराम चाैधरी लगायत सञ्चारकर्मीहरु काे सहभागीता रहेकाे थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्