सुकीका नेताको प्रहरी हिरासतमै कुटिकुटी हत्या



काठमाडौं । बर्मामा सेनाले अपदस्त गरेकी आङ सान सुकीको पार्टीका एक अधिकारीको प्रहरी हिरासतमै मृत्यु भएको समाचार बाहिरीएको छ । नेशनल लिग फर डेमोक्रेसी का अधिकारी खिन माउङ लाट्टको शनिबार राति प्रहरी हिरासतमा मृत्यु भएको हो ।

खिन सन् २०२० को चुनावमा एक मुस्लिम सांसदको क्याम्पेन म्यानेजर थिए । सो पार्टीका एक जना सांसद बा म्यो थेइनक अनुसार खिनको शरीरमा देखिएको निलडामले उनलाई हिरासतमा प्रहरीले चरम यातना दिएपछि मृत्यु भएको पुष्टि गर्ने बताए ।
‘उनलाई रातभरि यातना दिएर मारेको देखिन्छ, यो अस्वीकार्य छ,’ उनले भने ।

यसअघि प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर ५४ जनाको ज्यान गएको थियो तर हिरासतमा लिएका मानिसको मृत्यु भएको यो पहिलो पटक हो । थिनको मृत्युबारे प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन । यसैबीच म्यानमारका ट्रेड युनियनहरूले सोमबारदेखि सबै आर्थिक क्रियाकलाप ठप्प पार्ने निर्णय गरेका छन् ।

म्यानमारका आठ ट्रेड युनियनले आर्थिक क्रियाकलाप पहिलाजस्तै चलाइरहे त्यसले कूबाट बनेको जुन्ता सरकारलाई नै फाइदा पुग्ने भएकाले सटडाउनु गर्न लागेको जनाएको छ । म्यानमारमा सेनाले फेब्रुअरी १ मा गत वर्ष भएको चुनावमा धाँधली भएको भन्दै सत्ता हत्याएको थियो। त्यसयता देशभरि सैनिक कूको विरोधमा प्रदर्शनहरू भइरहेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्