शहरका सुकिला नारीलाई मात्र होईन दुर्गम गाउँमा हिंसा र अन्यायमा परेका नारीलाई न्याय मिल्न सकोस्



 

           आज १११ औं अन्तरास्ट्रिय महिला श्रमिक दिवस ,
महिला मुक्ति आन्दोलनकी अभियान्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथी भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण तथा महिला अधिकार स्थापित गर्न संघर्षको दिनका रुपमा आज ८ मार्चलाई विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिएको छ ।
Women in Leadership: Achieving an equal future in a COVID–19 world भन्ने अन्तर्राष्ट्रिय नाराका साथ नेपालमा पनि यो दिवस ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ मनाउन लागिएको छ ।
आजको दिनले इतिहासका ती हिम्मतवाला , साहसी महिलाहरुको स्मरण गराउदछ जहाँ समानको समान ज्याला , मजदुरलाई १२ घण्टा काम , १२ घण्टा आराम , १२ घण्टा रमाम , श्रमिक महिलाहरुको पुरुष सरह ज्याला र महिला श्रमिकमाथिको श्रम शोषणको विरुद्ध महिलाहरुले बिजय प्राप्त गरेको दिन जहाँ र जुन दिन बाट सन्सारभरका महिलाहरु आफ्नो हक , अधिकार र शोषण विरुद्ध खुलेर आजसम्म उत्रेको इतिहास जिवित छ ।
नेपालको सन्दर्भमा महिला मुक्तिको नारा र श्रमिक महिलाको अवस्था भने खासै संतोषजनक अबस्थामा देखिदैन ।
अहिले पनि एउटा महिला श्रमिक र पुरुष श्रमिकको ज्याला महिला भएकै कारण कम दिइन्छ ।
दिन भर हलो जोत्ने पुरुषको दिनभरिको ज्याला १००० हुन्छ भने त्यही पुरुष सगै दिन भर खेतमा आलि लगाउने र धान रोप्ने महिलाको मुस्किलले ६०० सय दिइन्छ ।
श्रमलाई समेत लिङ्गिए आधारमा हेर्ने र महिलाको श्रमलाई पुरुषको पुरुषार्थ वा पुरुष शारीरिक रूपमा बलियो हुन्छ , महिला कमजोर हुन्छ भन्ने मानसिकताबाट बाहिर अझै आउन नसकेको प्रश्न हामीले नगरेको चाहिँ होईन ।
दिनभरी घरको काम र बालबच्चाको स्याहार गरि २४ घन्टा काम गर्ने श्रीमतीको कामको कुनै मुल्यांकन नै हुदैन , उनको शारीरिक थकान र मानसिक थकानको यहाँ मुल्य नै हुदैन १२ घण्टा अफिस जाने पुरुषको कमाइ मात्र उसको कमाई हुन्छ ।
सोचलाई परिवर्तन र नारी माथी कोमलताको व्यबहार गर्न सोच्न अबको पुस्ताको खाचो छ ।नारी पुरुष बराबरी भनी व्यबहार लागू गर्न हामी आफैले सुरु गर्नु छ ।
नारी दिवसका ब्यानर , नाराले शहरका चोक , बजार घन्किदा , सुकिला , मुकिला नारीले महिला अधिकारको चर्को भासण घन्काउदा के दुरदराजका हरेक दिन , हरेक मिनेट घरेलु हिंसा , महिला हिंसा , आफ्ना र आफन्तबाट पाएका यातनाबाट ती आमा , ती छोरी , ती बुहारी मुक्त हुन सक्छिन त? के नारी दिवसको यो नाराले ती महिलालाई छुन सक्छ्त ?
आज आफ्नै काखबाट खोसिएकी निर्मला पन्तको बलात्कारीले सजाय पाउला त ? भागिरथि भट्ट आफ्नै बिश्वासको भाइ पर्नेले बलात्कार पछि क्रुर हत्या गर्यो के ती आमाको आशु पुछ्न सक्छौ त ?
हजुरआमा बुवा संग पढन बसेकी सम्झना बिकलाई मन्दिरमै बलात्कार गरि निर्मम हत्या गर्यो , आज ती आमा छोरी सम्झेर पागल छिन ,
आफ्नो छोरीलाइ बलात्कार गरि आँखा फुटाइदियो , कहिले आमा बन्न नसक्ने गरि अपराधीले योनी क्षतबिक्षत पारी दियो आज ती आमा सानो ६ बर्षको छोरी समाती मुर्छित छिन के ती आमालाई नारी दिवसको नाराले छुन सक्छ्त ?
आज पनि स्कुल गएका छोरी , पधेंरा गएका छोरी , पसल गएका साना दुधे बालिका , खेल्न निस्केका साना अबोध बालिकाको घाँटी निमोठी बलात्कार गर्दै झाडीमा फालिदिएका छन् । के अब ती हत्यारा जीवन भर जेलमा सडछन त?
त्यसैले आउनुहोस् हातेमालो गरौं अपराधी , बलात्कारीलाई फाँसीको सजाए माग गरौं ।
नारी धर्ती हुन, नारी सृष्टि हुन , नारी सहनशिल हुन, दयाकी खानी हुन् , नारी बिना न त परिवार नै पुर्ण हुन्छ।
नारीलाइ घृणा होईन समान र अबसरको खाचो छ ।
अन्तरास्ट्रिय १११औं नारी दिवसले गाउँ गाउँमा बोल्ने नसक्ने बोलेर उनिहरुका कुरा नसुन्ने , हरेक दिन पीडा , यातना भोगेका नारीलाई छुन सकोस् , आवज नहुनेको आवज बनोस् , महिला माथी हुने सम्पुर्ण बिभेदको अन्त्य होस् , नारी दिबशको सुभकामना !

सरु सुनार – सन्चारकर्मी तथा सामाजिक अभियान्ता

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्