प्रदेश ५

३ दिने नेतृत्व विकास तालिम समापन

By थाहा अनलाइन

June 10, 2017

घोराही । युवा तथा महिलाहरुको नेतृत्व विकासका लागि सुरु गरिएको ३ दिने तालिम शनिवार समापन गरिएको छ ।

ईक्वएल एक्सेस नेपालको आर्थिक सहयोग एंव लाँलीगुरास रेडियो स्रोता समुह घोराही ८ वेलुको आयोजनामा युवा तथा महिलाहरुको ३ दिने नेतृत्व विकास तालिम समापन गरिएको हो । समुहकी अध्यक्ष शान्ता शाहको अध्यक्षता एंव नागरिक सचेतना केन्द्रका संयोजक प्रधान चौधरीको प्रमुख आतिथ्यताका तालिमको समापन गरिएको हो । तालिम समापन गर्दै प्रमुख अतिथि चौधरीले सिकेको कुरा लाई व्यावहारमा रुपान्तरण गरी सामाजिक विकास र समृद्धिका लागि खर्च गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा ईक्वएल एक्सेस दाङ संयोजक दशरथ घिमिरे , प्रशिक्षक ईन्द्र डिसी , प्रशिक्षार्थीद्वय पार्वता कवर र विना विसीले मन्तव्य व्यक्त गरेका थिए । समुहकी उपाध्यक्ष कमला कोरीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण सहजकर्ता अन्नु कवरले गरेकी थिईन ।