राजनिती

अहिलेको ब्यबस्था असफल भयो,२०४७ को संविधान पुनर्स्थापना गरौं :सिलवाल

By Thah Online

March 08, 2021

 फागुन २४ , काठमाडौं । स्वतन्त्र नागरीक समाजका संयोजक हेमबिक्रम सिलवालले अब वि स २०४७ सालको संविधान पुनर्स्थापना गर्नुपर्ने बताएका छ्न । नेपालको पछिल्लो बिकृती विसङगती युक्त गणतान्त्रीक शासन ब्यबस्थाको कारक वि स २०७२ को बिदेशी शक्तीकेन्द्र द्वारा निर्मित संविधानको उपज भएको भन्दै अब २०४७  को संविधान पुनर्स्थापन गर्नुको बिकल्प नभएको बताएका हुन्  ।

 

उनले २०४७ सालको संविधान पुनर्स्थापनाको लागि सडक आन्दोलनमा निस्कन समेत अपिल गरेका छ्न। स्वतन्त्र नागरीक समाजले यहि चैत्र ६गते देखि चरणबद्द रुपमा हरेक शुक्रबार माइतीघरमण्डलामा दबाबमुलक कार्यक्रम गर्ने संयोजक हेमबिक्रम सिलवालले बताएका छ्न्।