वडा कार्यालयको विवादले कार्यालयमा तालाबन्दी



 

सैघाली खबर 

दाङ,३ माघ । दाङको बंगलाचुली गाउपालीका वाडा नम्वर ६ को वडा कार्यालयमा तालाबन्दी गरीएको छ ।स्थानीयको पायक पर्ने स्थानमा वडा कार्यालय सार्नुपर्ने माग राख्दै तालाबन्दी गरीएको हो ।

वडा अध्यक्षलाई कार्यालय सार्नु पर्ने माग राख्दै पटक–पटक लिखीत मौखिक जानकारी गराउँदा समेत वेवास्था गरेको भन्दै कार्यालयमा ताला वन्द गरीएको स्थानीय शुशिल परीयारले जानकारी दिनुभयो ।

हाल भुटनेटा भन्ने स्थानमा रहेको वडा कार्यालयलाई बचेनी भन्ने स्थानमा स्थानान्तरण गर्नु पर्ने स्थानीयको माग रहेको छ । साथै कार्यालय स्थानान्तरण नहुने भए आफुहरुलाई वडा नम्वर ३ मा समावेस गर्नु पर्ने कसावीक लोहारपानी नौ बचेनीका स्थानीयले माग राखेका छन् ।

बचेनीका करिव २ सयघर घुरी स्थानीयले उक्त मागराख्दै आन्दोलीत भएका हुन् । बचेनी लगाएत आरुगैरा,खमारी र दैमेका स्थानीयहरुलाई हाल वडा कार्यालय रहेको स्थानमा पुग्न अपाएक परेको स्थानीयको गुनासो रहेको छ । स्थानीयहरुले जनताको सुविधालाई ध्यानमा राखेर वडा कार्यालय स्थापना गर्नु पर्ने माग राखेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्