नेपालगन्जमा हुन लागेको महोत्सवको समय परिवर्तन



२४ फागुन, बाँके । ए. जी. सर्भिस प्रा. लि. नेपालगञ्ज बाँकेले आयोजना गर्न लागेको ब्यापार पर्यटन कृषि सांस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवको मिति परिवर्तन गरेको छ ।

यस अघि उक्त संस्थाले पत्रकार सम्मेलनमा चैत्र ५ गते देखि चैत्र १२ गते सम्म महोत्सव संचालन हुने जानकारी दिएको भए पनि हाल समय अपुग भएको महसुस गरिएको हुँदा अब १२ गते देखि २२ गते सम्म महोत्सव निर्धारण गरिएको र मेला यहि समयमा आयोजना हुने जानकारी गराएको छ ।

सम्मेलनमा पत्रकारलाई जानकारी दिने क्रममा संस्थाका अध्यक्ष नन्द बहादुर बुढाले भने, ” हामीले बिषेशत कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्य लिएका छौं । यसै लक्ष्यलाई आत्मासाथ गर्दै बहु आयामिक र पर्यटन व्यवसायलाई प्रोत्साहन तथा सामाजिक उत्तरदायित्व बहन हुने गरी ए जी सर्भिस प्रा लि नेपालगञ्ज बाँकको आयोजनामा गर्न लागिएको यस ब्यापार पर्यटन कृषि सांस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवलाई झण्डै २ लाख ५० हजार भन्दा बढि अवलोकन गर्ने अनुमान गरेका छौं । हामीले महोत्सव चैत्र ५ देखि १२ गते सम्म समय निर्धारण गरेका थियौं । तर काम गर्दै गर्दा समय अपुग भएको महसुस भएको हुँदा पुनः समय सारेर यहि मिति चैत्र १२ गते देखि चैत्र २२ गते सम्मको लागी महोत्सव निर्धाण गरिएको छ ।”

प्रेस विज्ञप्ती

हामी सबैकोे संयुक्त सहकार्य र प्रयासबाट समग्र देश विकासका लागि पर्यटन प्रबर्दन हुनेमा विश्वस्त छौं । मेला महोत्सव आयोजना गर्दै गर्दा ब्यापार, कृषि सांस्कृती र पर्यटन प्रवर्दन हुनेमा दुईमत रहेन तर पनि फेशनका रुपमा र व्यक्तिगत फाईदाका लागि गरिने केहि महोत्सव प्रति गम्भीर ध्यानाकषणर् गर्दै त्यस्ता अबान्छनीय कार्य नहोस भन्ने हेतुले मुख्यता देश विकाशको प्रमुख आधारका लागि पर्यटन प्रर्वद्घनमा टेवा पुग्ने गरी “समृद्घ नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन संस्कृती तथा रोजगारको पुर्वाधार “ नारा सहित ब्यापार पर्यटन कृषि सांस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सव मिति २०७७ चैत्र ५ गते देखी चैत्र १६ गते सम्म आयोजना गरिने यहाँहरुमा जानकारी गराएका थियौं । तर काम गर्दै गर्दा समय अपुग भएको महसुस भएको हुँदा पुनः समय सारेर यहि मिति चैत्र १२ गते देखि चैत्र २२ गते सम्मको लागी महोत्सव निर्धाण गरिएको यहाँ उपस्तिथ सम्र्पुणमा सहर्ष जानकारी गराउदछौं ।

हामी ए जी सर्भिस प्रा लि नेपालगञ्ज बाँके बिषेशत कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई रोजगारको वातावरण सिर्जना गर्ने लक्ष्य लिएका छौं । यसै लक्ष्यलाई आत्मासाथ गर्दै बहु आयामिक र पर्यटन व्यवसायलाई प्रोत्साहन तथा सामाजिक उत्तरदायित्व बहन हुने गरी ए जी सर्भिस प्रा लि नेपालगञ्ज बाँकको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँकेको विषेश सहकार्य समवन्यमा गर्न लागिएको यस ब्यापार पर्यटन कृषि सांस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवलाई झण्डै २ लाख ५० हजार भन्दा बढि अवलोकन गर्ने अनुमान गरेका छौं । २०७५ वर्ष झण्डै १ लाख बढि दर्शक अवलोकन भएको जानकारी पनि गराउदछौं । गत वर्ष कोभिडको कारण महोत्सव स्थगित गरिएको थियो । वातावरण अनुकुल नभएको हुदाँ महोत्सव सुचारु हुन सकेको थिएन ।

महोत्सवमा आउने राष्ट्रिय ख्याती प्राप्त चर्चित कलाकार रेखा थापा, आर्यन सिग्देल, प्रमोद खरेल, चन्द्र शर्मा, बद्रि पंगेनी, ज्योती मगर, पुस्कल शर्मा, दुर्गेश थापा, मिस्टर आरजे, सर्जना खत्री, प्रिती आल, प्रकाश सपुत, पशुपति शर्मा, रमेश राज भट्टराई, राम जी खान, बाल कलाकार सचिन परियार, सिरजु अधिकारी, प्रिती आले, भुमिका गिरी, आरोसी मगर, रुविना अधिकारी, श्री निवाश थारु, दुर्गा नेपाल, रवि रिमाल, बैकुण्ठ महन्त, डिजे विटि, टिका सानु, योगेश काजी, सम्राट चौलागाई लगायतका कलाकाहरुकोे प्रस्तुती रह्नेछ । स्थानिय कलाकारलाई बिषेश प्राथमिकता दिई उनीहरु विच लुकेका प्रतिभालाई प्रस्पोटन गर्नका लागी बिषेश अवसर दिईनेछ ।

नृत्यमा युवालाई प्रोत्साहन गर्नका लागी महोत्सवमा खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ समेत आयोजना गरिनेछ । नृत्यमा प्रथम हुने प्रतिस्पर्धीलाई रु ५०,००० र फिल्ममा अभिनय गर्ने अवसर दिईनेछ । दोश्रोलाई रु ३०,००० र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ । त्यसतै तेस्रोलाई २०,००० पुरस्कार र म्युजिक भिडियो खेल्ने अवसर दिईनेछ भने चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पनि सान्तोना पुरस्कार दिईनेछ ।

ब्यापार पर्यटन कृषि तथा वृहत साँस्कृतीक महोत्सव २०७७ तेस्रो नेपालगञ्ज महोत्सवलाई उत्कृष्ट बनाई यस क्षेत्रको बिकास तथा पहिचानका लागी पहुच विस्तार गर्न र यस महोत्सवलाई सफल बनाउन ए जी सर्भिस प्रा लि ले संघिय सरकार, प्रदेश सरकार, तथा स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संस्थारफर्म लगायत संग समवन्य गरी रहेको छ ।

अध्यक्ष
नन्द बहादुर बुढा

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्