प्रचण्डसित पार्टी अलग भएपनि हाम्रो मन विशाल छ : नेपाल



विभाजित प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक सकिएलगत्तै नेता माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् ।

बैठक सकिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ ।’ उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए ।

आयोगमा अलग अलग रुपमा दर्ता भएका एमाले र माओवादी पार्टी के हुने हो भन्ने पनि टुंगो नभएकाले आयोगसँग गम्भीर रुपमा छलफल गरेर अघि बढ्ने उनले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्