अन्तराष्ट्रिय महिला दिवस मुक्त कमैया वस्तीमा मनाईयो !



कैलाली

संविधान सभाका सदस्य तथा हलिया मुक्ति र कमैया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीले मुक्त कमैयाका थप समस्याहरू सम्बोधनका लागि अब सबै मुक्त कमैयाहरू एकजुट हुनुपर्नेमा जोड दिनु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ धुरजन्नामा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उक्त कार्यक्रममा उहाँले ८ जना मुक्त कमैयाका वृद्ध तथा उद्यमशील महिलाहरूलाई सम्मान समेत गर्नु भएको थियो । मुक्त कमैयाका नेता कौशिल्ला चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सीमा चौधरी, नारायण चौधरी, सीता राम चौधरीले मन्तव्य राखेका थिए भने कार्यक्रममा सञ्चालन यस नेपालका नेता नन्द जोशीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्