कर्णालीमा हराएका २ को शव भेटियो, ३ अझै बेपत्ता



कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटिएको छ । अन्य तीन जना हराइरहेका छन् । प्रहरीका अनुसार माछा मार्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका- ४ बेलखेत नजिकै जाल तान्दा शव भेटिएको हो ।

पश्चिम दैलेखको आठबीस नगरपालिका- ३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मानसिंहकी ३ छोरी, एक छोरा र श्रीमती आइतबार दिउँसो ४ बजेदेखि बेपत्ता भएका थिए भने दुई जनाको शव कर्णाली नदीमा भेटिएको हो ।

अन्यको अवस्था अझैपनि अज्ञात रहेको भन्दै प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ । डीएसपी श्रेष्ठले मानसिंहका हालपनिदुई छोरीको शव भेटएपनि एक छोरी, एक छोरा र श्रीमती बेपत्ता रहेका छन् ।

स्थानीयका अनुसार मानसिंहकी श्रीमती सुकी माइत जान भन्दै घरबाट निस्किएकी थिइन् । स्थानीयले बताएअनुसार मानसिंहको परिवार चरम गरिबीमा रहेको र सोही कारण यो घटना हुन पुगेको बताइएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्