अनिश्चित बन्द ,निर्णय फेर सरकार ?



 

गिरिराज नेपाली
दाङ, ३ माघ । प्रादेशिक राजधानीको माग राख्दै मंगलवार देखी शुरु भएको दवाव मुलक जनप्रर्दशन बुधवारवार देखी अझै पेचिलो बनेको छ । बुधवार अपरान्ह् बसेको मन्त्री परिषदको वैठकले प्रदेश नं. ५ को प्रादेशिक राजधानीको अस्थाई मुकाम रुपन्देही लाई तोके पछि दाङ अनिश्चितकालिन बन्द आह्वान गरिएको छ ।

दाङका प्रत्येक चोकैपिच्छे टायर बाल्दै दङगालीहरु स्वस्फुर्त सडकमा बुधवार बेलका देखी नै उत्रिएका छन । भने बन्दका दाङ पुर्णरुपमा ठप्प छ । आम हडतालका कारण दाङमा यातायात, स्कूल, व्यापार– व्यवसायी र उद्योग कलकारखाना पूर्ण रुपमा बन्द भए भने होटेल र छुटपुट रुपमा हलुका सवारी साधन चलेका थिए । बुधवार बेलुका दाङ प्रादेशिक राजधानी सरोकार समितिको सर्वपक्षियत बैठकले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु, होटेल तथा हलुका सवारी साधनहरु पूर्ण रुपमा बन्द गर्ने अनिश्चितकालिन बन्द आह्वान गरेको छ ।

विहिवार विहान देखी पुर्व पश्चिम राजमार्गको दाङको पश्चिमी सिमाना शिवखोला देखी पुर्वी सिमाना धानखोला सम्मका र भित्रि दाङको घोराही , तुलसीपुर र पश्चिम हापुर बजार पनि बन्द गरिने निर्णय गरिएको छ । साथै सर्वपक्षिय बैठकले दाङका सम्पूर्ण सरकारी कार्यालयमा प्रादेशिक कार्यालय लेखिएका प्रिन्टिङ वोर्डहरु राख्ने निर्णय गरेको प्रादेशिक राजधानी सरोकार समितिका संयोजक नारायण प्रसाद भुषालले जानकारी दिनुभयो ।

दलहरुको चेतावनी – निर्णय फेर सरकार ?
दाङका क्रियाशिल दलहरुले सरकारको अलोकतान्त्रिक निर्णय सच्याउनुपर्ने माग गरेको छन । विहिवार घोराहीमा भएको जनप्रर्दशनको कोणसभालाई सम्वोधन गर्दै दलहरुले साझा रुपमा सरकारले निर्णय अराजक र संघियता विरोधको निर्णय गरेको बताएका छन ।

प्रादेशिक राजधानी सरोकार समितिका संयोजक नारायण प्रसाद भुषालको अध्यक्षतामा सम्पन्न कोणसभा नेकपा एमालेका सचिवालय सदस्य शरद अधिकारीले विदेशी चलेखेल र रजानितिक स्वार्थका लागि सरकारले जनभावनाको कदर नगरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘ राष्ट्रघाती निर्णय फेर ’ होईन भने निर्णयको जवाफ दे ?

त्यस्तै नेपाली काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले सरकारले यो निर्णय नफेरेमा ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो – ‘ सवै कार्यालय दाङमा अस्थाई मुकाम रुपन्देहीमा यो न्यायचित होईन । ’ त्यो केवल राजनितिक स्वार्थको डिजाईन मात्रै हो । भन्दै उहाँले सरकारको निर्णयको भ्रतसन गर्नुभयो । उहाँले अस्थाई मुकामका रुपन्देहीको राखेको दाङवासीले अन्यायमा परेका होईन ५ नं. वासी नै अन्यायमा परेको हौ ।

नेकपा माओवादी केन्द्र दाङका सह–इन्चार्ज तथा सचिवालय सदस्य हेमराज शर्मा ‘ डायमण्ड’ ले सरकारले गैर जिम्मेवारीपूर्ण निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सक्छस भने सरकार यो निर्णय फेर भलो यसैमा हुनेछ । ’ भन्दै उहाँले सरकारलाई चेतावनी समेत दिनुभयो । उहाँले नेकपा माओवादी केन्द्रले प्रदेश नंं ५को स्थायी मुकाम दाङमै तोक्ने छ । त्यसमा जनताको एक्येवद्धता र हौसल्ला चाहिएको छ । संभाव्यता अध्ययन टोली दिएका प्रतिवेदनका आधारमा न्यायचित निर्णय गर्न सक्नुपथ्यो । तर निर्णय गर्न नसकेका अरुलाई नै जिम्मा दिन सक्थ्यो । तर अहिले दाङ र प्रदेशवासीको अन्याय हुने गरी निर्णय गर्दा सरकारको जनभावनाको स्वार्थ भन्दा राजनितिक स्वार्थ देखिएको उहाँले बताउनुभयो ।

तुलसीपुर चोकमा कालो झण्डा
सरकारले अस्थाई मुकाम तोकेको दिनलाई दाङवासीको कालोदिनका रुपमा मनाउदै तुलसीपुर चोकमा कालोझण्डा गारेका छन । सरकारले आफै गरेको प्रतिवेदनलाई तत्याउदै दाङ र सिंगो प्रदेशवासीको मनोभावना कुच्लदै अराजक निर्णय गरेको विरोधमा कालोझण्डा गारिएको छ ।

सरकारी निर्णय प्रति माओवादी केन्द्र दाङको भ्रतसना
नेकपा माओवादी केन्द्र दाङले सरकारी जनभावना विपरितको निर्णय गरेको भन्दै कडा आपत्ती जनाएको छ । नेकपा माओवादी केन्द्रका ईन्चार्ज जीवन गौतमले एक विज्ञप्ती जारी गर्दै अराजक तरिकाले सरकारले अस्थाई मुकाम तोकेको उल्लेख गर्दै कडा आपत्ती जनाउनुभएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्