अन्तर्राष्ट्रिय

भारतको कोलकातामा भीषण आगलागी, ९ जनाको मृत्यु

By Thaha - Online

March 09, 2021

काठमाडौँ, फागुन २५ । भारतको कोलकातामा रहेको एक भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ ।

भवनको १३औँ तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको एएनआइले जनाएको छ ।

मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन् । दुई जनाको पहिचान हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन