सैघाली खबर
दाङ,४ पुस
प्रदेश नंवर ५ को राजधानी दाङ बनाउन माग गर्दै आएका दाङवासीहरु सरकारको निर्णय सुनेर थप आक्रोसित बनेका छन् । विगत तिन दिन देखि आन्दोलन गर्दै आएका दाङवासीले आन्दोलनका कार्यक्रमहरुलाई कडा बनाउने निर्णय सार्वजनिक गरेका छन् । ५ नम्बर प्रदेशको अस्थायी मुकाम रुपन्देही तोकिए पछि दाङमा आक्रोश चुलिएको छ । सरकारलाई प्रदेश नंवर ५ को राजधानी दाङ तोक्न दवाव दिन दङालीहरुले बुधबार जिल्ला ठप्प पारेका थिए । तर सरकारले आन्दोलनको व्यवास्ता गर्दै बुटवल नै अस्थायी राजधानीको मुकाम तोके पछि आक्रोसित दंगालीहरुले आन्दोलनलाई झनै सशक्त बनाउने निर्णया गरेका छन् ।
दाङ प्रादेशिक राजधानी सरोकार समितिको घोराहीमा बसेको बैठकले बिहीबार देखि जिल्लाका सम्पूर्ण सरकारी कार्यालयहरु समेत ठप्प पार्ने गरी निर्णय गरेको छ । समितिले विहिबार देखि अनिश्चितकालिन आम हड्ताल गर्दै सरकारी कार्यालय समेत ठप्प पार्ने निर्णय गरेको हो । ‘सरकारको गलत निर्णयको बिरुद्ध अब दाङ रुक्दैन । ’ प्रादेशिक राजधानी सरोकार समितिका अध्यक्ष नाराणण भुषालले जनतालाई आन्दोलनमा थप सशक्तरुपमा सहभागि हुन् जनतालाई अपिल गरेका छन् । त्यसैगरी सरोकार केन्द्रका सचिव सविन प्रियासनले पनि जतिवेला सम्म सरकारले निर्णय सच्याउदैन त्यतिवेला सम्म अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय भएको र अवको संघर्ष वारपारको हुने बताएका छन् ।
राजधानी सरोकार समितिले बुधबार सरकारको निर्णय आए लगत्तै जिल्लाका सम्पूर्ण सरकारी कार्यालय बन्द गर्नुका साथै बन्दरुपी आन्दोलन लाई झनै कडा बनाउने निर्णय गरेको हो । राजधानी सरोकार केन्द्रले माघ ३ लाई कालोदिन घोषणा गर्नुका साथै नियमितरुपमा कोलोदिनको रुपमा मनाउने समेत निर्णय गरेको छ ।
आन्दोलनका क्रममा अस्पताल र एम्बुलेन्स बाहेक सम्पुर्ण पसल तथा यातायात बन्द हुने समितिले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।