दुर्घटना

सेनाको प्याराग्लाइडिङ प्रदर्शनीमार्गमा दुर्घटना

By Thah Online

March 09, 2021

काठमाडौं । सेना दिवसका लागी सैन्य अभ्यासको तयारी गर्ने क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाईडिङ दुर्घटना भएको छ । सैन्य अभ्यासका क्रममाा ३ वटा प्याराग्लाईडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बहिर खस्दा खसेको हो । प्याराग्लाइडिङमा सवार तिनजना सैनिकलाई नेपाली सेनाको एम्बुलेन्स मार्फत अस्पताल पठाइएको छ ।

तीन जना सैनिकको अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हावाको गतिका कारण टुँडीखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ फरक ठाउँमा ठाउँमा ल्याण्ड भएको बताइएको छ । सेना दिवसको दिन सैनिक कला देखाउनका लागि नेपाली सेनाले टुँडीखेलमा अभ्यास गरिरहेको छ ।