नेकपा माओवादी केन्द्रको निर्णय: सदन र सरकारका विषयमा कांग्रेस र जसपासँग वार्ता गर्ने



काठमाडौं, फागुन २५। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सदन र सरकार सञ्चालनका विषयमा प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसद् सञ्चालन, सरकार र राजनीतिक प्रक्रिया अघि बढाउने विषयमा कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आवश्यक परे नेकपा एमालेसँग पनि छलफल गर्ने उहाँले बताउनुभयो।

यस्तै बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने पनि निर्णय गरेको छ। सर्वोच्च अदातलतले नेपाल कम्युनिस्ट पार्टीको नाम विवादको फैसलामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि माओवादी केन्द्रको पहिलो बैठक बसेको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्