कपिलवस्तु संवाददाता । कपिलवस्तुको मायादेवी गा.पा. वडा नं ३ अतरपरीमा संचालित क्रीकेट टुर्नामेंट आयोजक टीम अतरपरी बी ५ विकेटले जितेको छ। १९ दिन देखि संचालित सो टुर्नामेंटमा विभिन्न २४ वटा स्थानीय टीमले भाग लिएका छन। भैसकुण्डा र अतरपरी बी टीम बिच भएको फाइनल खेलमा मैन अफ द मैच अतरपरी बी का गोविन्द प्रसाद तथा मैन अफ द टुर्नामेंट भैसकुण्डाका रिजवान अहमद भएका छन।
समापन तथा पुरस्कार वितरण वडा अध्यक्ष सुकदेव प्रसाद तिवारी तथा वडा सदस्य नवल किशोरे पाण्डेयले गरेका थिए। प्रमुख अतिथी वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीले यसप्रकारका खेलकुद कार्यक्रमले युवामा आत्माबल बढ्ने , स्वास्थ राम्रो हुने तथा यस्तो खेलकुद कार्यक्रम प्रत्येक वर्ष आयोजना हुनु पर्ने र यसमा मेरो पूर्ण सहयोग हुने बताउनु भयो। जानकी युवा क्लबका अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।