सैघाली खबर
दाङ, ४ माघ । प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले ५ न. प्रदेशको अस्थायी मुकाम रुपन्देहीमा बनाउने सरकारको निर्णयको कडा शब्दमा भत्र्सना गर्नु भएको छ । महराले एक विज्ञप्ती जारी गरी ५ नं. प्रदेशको मुकाम तोक्ने निर्णय सरकारको मनोमानी र स्वार्थप्रेरित भएको भन्दै तत्काल सच्याउन आग्रह गर्नु भएको छ ।सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै महराले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसकेर सरकारले आफ्नो असक्षमताको पुष्टि गरेको उल्लेख गरेका गर्नुभयो ।
प्रशासन पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको छ, । देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम निर्णय हो । म यो निर्णयको विरोध र घोर भत्र्सना गर्दछु । देउवाको उत्पीडित क्षेत्रको विकास गर्छु भन्ने कुरा खोक्रो आदर्श मात्रै भएको बताउँदै महराले विज्ञप्तीमा भनिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।