सैघाली खबर
दाङ,४ माघ । दाङको घोराहीमा अत्याधुनिक सेवा सुविधा सहितको होटल माला इनको विहीवार उद्घाटन गरिएको छ । होटल माला इनका संरक्षक कर्णबहादुर महराले होटलको उद्घाटन गर्नु भएको थियो । होटल उद्घाटनमा बोल्दै प्रदेश सभा सदस्य अमरबहादुर डाँगीले दाङको विकासमा होटलले नयाँ आयाम थप्ने वताउँनुभयो । जिल्लाको पर्यटन विकासमा होटलले महत्व पूर्ण सहयोग पुर्याउँने वताउँदै त्यसलाई सवैको साझा सम्पतिका रुपमा विकास गर्नुपर्नेे जोड दिनुभयो । त्यस अबसरमा बोल्दै होटलका संचालनक ओबिन्द्रबहादुर महराले करिब १५ करोड रुपैयाँ लगानीमा होटल संचालन गरेको वताउनुभयो ।
होटल माला इन राप्तीकै सबैभन्दा ठूलो लगानीको होटल भएको दावी गर्नुभयो। होटलले थ्री स्टार मान्यताको लागि सरकारसमक्ष निवेदनसमेत दिएको छ । आफूहरुको मापदण्ड पूरा भएकाले थ्री स्टारको मान्यता पाउनेमा विश्वस्त भएको महराले जानकारी दिनुभयो ।‘अण्डर ग्राउण्डसहित होटलको ६ तला रहेको छ उहाले जानकारी दिनुभयो । होटलमा भीआइपी रुमहरुको समेत व्यवस्था गरिएको छ । होटलले आफ्नै ट्रिटमेण्ट प्लानसहितको खानेपानीको व्यवस्था गरेको छ । होटलमा नेपाली, इण्डियन, चाइनीज र थाई परिकार पाइने छ । पछिल्लो समय दाङमा तीव्र शहरीकरण भइरहेकाले गुणस्तरीय होटलको खाँचो देखिएको महराले बताउँनुभयो ।
होटलमा अनलाइन बुकिङको व्यवस्था गरिएको छ । पर्यटकहरुलाई मध्यनजर गरेर भैरहवा, नेपालगञ्ज र तुलसीपुर विमानस्थलसम्म होटलले डेलिभरी सेवा दिने छ ।होटलमा न्यूनतम दुई हजारदेखि अधिकतम सात हजार पाँच सय रुपैयाँ शुल्कका कोठा रहेका छन । होटल उद्घाटन कार्यक्रम होटलका संचालक ओपेन्द्रबहादुर महराको अध्यक्षतामा सम्पन्न भएको थियो । कायक्रमको संचालक दाङ जिल्ला उद्योग वाणीज्य संघका महासचिव नरेश कार्कीले गर्नु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।