दाङ, जेठ २८
नेकपा एमालेका अध्यक्ष केपी ओली आज दाङ आउन लाग्नुभएको छ । नेकपा एमाले दाङले तुलसीपुरमा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न ओली दाङ आउन लागेको जनाइएको छ ।आज १२ वजे तुलसीपुरको अरनिको मैदानमा हुने कार्यक्रममा उपस्थित हुनका लागि ओली दाङ आउन लाग्नुभएको हो । यसैबीच कार्यक्रमको सम्पूर्ण तयारी सकिएको एमाले दाङले जनाएको छ । जिल्ला सचिव हिरचन्द्र केसीले सम्पूर्ण तयारी सकिएको भन्दै कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध गर्नुभएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।