सैघाली खबर,तुलसीपुर ४ माघ ।
माओवादी केन्द्रदाङकानेताजग प्रसादशर्मा ‘अपार’ले पाँच नं.प्रदेशको अस्थायी राजधानी दाङ नतोक्नु बर्तमान सरकारको निन्दनीयकार्य भएको वताएका छन् ।बुधबार एक बिज्ञप्ति जारी गरी उनले प्रदेश नं. ५ को राजधानीको केन्द्र दाङमा पर्ने भएपनि बर्तमानसरकारले अबैज्ञानिक र अब्यबहारिक रुपमा रुपन्देहीबनाउनु निन्दनीयकार्य रहेको बताएकाहुन् । उनले नेताको पहुँचको भरमा राजधानीतोक्दारुकुमपुर्ब, बर्दियालगायतकानागरिकमारमा पर्ने भन्दै राजधानी सबैको केन्द्र पर्ने ठाउँमा हुनुपर्ने वताए ।
हरेक हिसाबले पाँच नं. प्रदशेको राजधानी दाङ उपर्युक्तहुँदाहुँदै पनि दाङ बाहेक अन्य ठाउमा अस्थायी मुकामतोकिनु सरासर गलतकार्य भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । माओवादी केन्द्रका सचिबालय सदस्य समेत रहेकाअपारले केन्द्रीय राजधानीबन्नउपयुक्त रहेको दाङलाई प्रदेशको राजधानीनबनाउँनु बर्तमान सरकारको निन्दनीयकार्य रहेको बताए ।
रुपन्देहीलाई ब्यापारीक, पर्यटकीय र औद्योगीतथा नेपालगंजलाई ब्यापारिक र औद्योगीक केन्द्रबनाएर दाङलाई राजधानीबनाएमात्रै पाँच नं. प्रदेशबासीको न्यायहुने उनले बिज्ञप्तिमा उल्लेख गरेका छन् । उनले रुपन्देही सुरक्षाका दृष्टिले पनिउचितनभएकाले पाँच नं. प्रदेशको अस्थायी राजधानी सच्चाउनमाग गरेका छन् ।उनले यदिमाग सुनुवाई नभए आठौ प्रदेशको जन्म गरेर भएपनिप्रदेशको राजधानीदाङ बनाउन कसरत थाल्ने बताएका छन् ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।