सर्वाेच्च अदालतले गरेका दुई फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि सत्तामा बस्ने अधिकार नभएको दाबी जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गरेका छन्। जसपाले ओलीसँगै सहकार्य गर्ने चर्चा चलिरहेका बेला त्यही पार्टीका एक शीर्ष नेताले उनीसँग सत्ता साझेदारी गर्नै नसकिने संकेत दिएका हुन्।
प्रधानमन्त्री ओली प्रतिगमनका प्रमुख खलनायक भएको आक्रोश पोख्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले कडा अभिव्यक्ति दिएका हुन्।
‘खाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो। तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत,’ बुधबार राति सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्। सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनट सत्तामा बसिरहने कुनै तुक छैन। उल्टै उनी अरूको सिकारमा विषाक्त घाँस हाल्दै छन् ! किन नबुझेको? ओली हटाऊँ, देश बचाऊँ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।