फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य ,प्रतिलिटमा हेर्नुुस् कति बढ्यो ?



सैघाली खबर
काठमाडौं,४ पुस

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति देखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टि तेलको मूल्य बढाएको हो । पेट्रोलमा एक, डिजल र मट्टितेलमा दुई रुपैयाँ मूल्य बढ्ने निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । मूल्य बढेपछि अब पेट्रोल प्रतिलिटर १०३ र डिजल तथा मट्टितेल ८१ रुपैयाँ पर्नेछ ।

आयलनिगमले भने अन्तराष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जनाएको छ । भट्टराईका अनुसार जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्यका आधार मामूल्य समायोजन गरिएको हो । प्रत्येक १५ दिनमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमात्रै आइओसीले पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्