काठमाडौं। नेपालबाट दक्ष श्रमशक्ति इजरायल पठाउने नेपालको तयारी अन्तिम चरणमा पुगेको छ। गत माघ पहिलो साता नेपाल र इजरायल सरकारबीच कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भएसँगै श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउन थालिएको हो।
वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट इजरायल पठाउने दक्ष जनशक्तिका लागि कार्यविधि बनाउने कार्य अन्तिम चरणमा पुगेको र त्यो बनेपछि छिट्टै आवेदन खुला गरिनेछ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रमशक्ति पठाउने आन्तरिक कार्यविधि बनाउने कार्य अन्तिम चरण पुगेको र कार्यविधि तयार भएपछि त्यही आधारमा आवेदन माग गरिने जानकारी दिए।
उनले भने, ‘यो कार्यविधिले विशेषगरी इजरायल पठाउने श्रमिकको योग्यता, क्षमतालगायत छनोट प्रक्रियाका बारेमा स्पष्ट गर्नेछ र यही आधारमा आवेदनको माग गरिनेछ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।