सत्ताधारीहरुको विजोग हुँदा जनताको शक्ति बलियो बन्नु पर्छ



तुफानसिंह कालिकोटे । नेपाली राजनीतिमा पछिल्लो चरणमा आएको भिषण चर्चामा विद्रोही नेकपा रहेको छ । विप्लव नेकपा खुल्ला राजनीतिमा आएपछि आत्तिएका सत्ताधारी समूह एकपछि अर्को गर्दै सकिने संकेत देखा पर्न थालेको छ । संसद पुनर्स्थापनाले सत्ताधारी नेकपा र अर्को प्रचण्ड समूहलाई निकै दर्दनाक पीडा दिएको छ । प्रचण्ड र ओलीहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राख्दै पार्टी एकता गरेको झण्डै तीन वर्ष पुगेको छ । तर उक्त नामको पार्टी निर्वाचन आयोगमा पहिला नै ऋषि कट्टेलको नाामा दर्ता भएकोले प्रचण्डहरुको राजनीतिमा पनि डामाडोलको अवस्था देखिन आएको छ ।

कोही रुँदै एमाले त कोही माओवादी केन्द्रलाई निरन्तरता दिने दौडधुपमा छन् । यो देख्दा उनीहरुप्रति दया लागेरर आउँछ । अर्कोतिर हाम्रो पार्टी खुल्ला राजनीतिमा आउँदै गर्दा अब के के हुने हो भनेर दलालहरुको सातो गएको छ । हिजो प्रतिबन्ध लगाउँदा कम्मर कसेर समर्थन गर्नेहरु अहिले पार्टी खुल्ला राजनीतिमा आउँदा किन टाउको दुःखाई भन्ने कुरा राम्रोसँग थाहा छ कि उनीहरु कमजोर भएका छन् । विस्तारै उनीहरु नेपाली राजनीतिमा कमजोर बन्दै जानेछन् ।

जब सिंह शहर छिर्छ, स्यालहरुको यस्तै हरिबिजोगक हुन्छ । जो अहिलेका केही पार्टी नामका स्यालहरुको हालत यस्तै भएको छ । जनतालाई छलेर कम्युनिस्ट भन्दै अर्कै काम गर्नेहरुलाई विस्तारै जनताले बहिष्कार गर्दैछन् । असफल संसदीय व्यवस्थाको विकल्पमा जनताले वैज्ञानिक समाजवादको खोजी गरिरहेका छन् । हो त्यही व्यवस्थाको लागि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विगत केहि वर्षयता निरन्तर आफ्नो अभियान जनताको सामु लिए गएको तपाईं हामिमा छर्लङ्ग छ ।

पछिल्लो पटक राजनीति गतिविधि तीब्र र जनताको मायाले देश पुरै विप्लवमय भएको छ । यसबाट अत्तालिएर दुई तिहाईको सरकारले प्रतिबन्धसम्म लाउन भ्यायो । उनीहरुको प्रतिबन्धले नेकपालाई झनै स्पात र देशव्यापीरूपमा आफ्नो राजनीति गतिविधि गर्न  सिकायो ।

विशेषगरि ती आधार इलाकाहरुमा काम गर्न नेता, कार्यकर्ता र जनतालाई अझै उर्जा दियो । जनताको सहयोग र सहभागिताले विप्लव नेकपालाई १ महिना मै नियन्त्रण गर्ने सरकारी दिवा सपना असफल पारिदियो । जनताको दवावमा आफैले लगाएको प्रतिबन्ध ओली सरकार आफैले खोल्यो । अहिले नेकपा खुल्ला राजनीतिमा आएको छ । यो अवस्थामा नेपाली राजनीतिमा विभिन्न टिकाटिप्पणीहरु आएका छन् । विप्लव नेकपालाई प्रतिगमनकारी केपी ओलीसँग सम्झौता गर्यो भन्नेहरुको जमात पनि छ । यो बिलकुल एकांकी र मनोगत टिप्पणी हो ।

यो कुरा भन्ने कुरा महासचिव, प्रवक्ता र वार्ता समिति सदस्य उदय चलाउनेले प्रष्ट पारी सक्नु भएको छ । यो वार्तालाई पार्टी एकीकरण को रुपमा बुझ्नेहरुलाई राम्रोसँग अध्ययन गर्न हाम्रो आग्रह छ । राजनीतिमा वार्ता सरकारसँग नै गरिन्छ । सरकारमा केपी ओली, शेरबहादुर, प्रचण्ड जो सुकैसित पनि हुनसक्छ । अहिले केपी ओलीसित भयो । जसले प्रतिबन्ध लगायो उसैले वार्तामा बोलायो । ठिकै त भयो । जो ३ बुँदे सहमतिको कुरा छ, त्यसमा कतैपनि केपी ओलीसित मिल्ने वा पार्टी एकता गर्ने भनेर कतैपनि उल्लेख गरिएको छैन ।

यद्यपी वैज्ञानिक समाजवाद कि अहिलेको संसदीय व्यवस्था ? भन्ने बारे व्यापक छलफल गरि जनमत संग्रहमा जान सकिने कुरा भने प्रष्ट पारेको छ । त्यो अहिलेकै सरकारसँग मिलेर जाने कुरा होइन । त्यसका लागि राजनीतिक वातावरण बनाउँदै जानु पर्छ । यो विषयमा अनावश्यक कुतर्क गरेको पनि पाइन्छ । जो सत्य होइन । पार्टी हिजो पनि एकीकृत जनक्रान्ति मार्फत् वैज्ञानिक समाजवादमा जाने भन्ने कुरामा स्पष्ट थियो । आज पनि पार्टी त्यो कार्यदिशामा स्पष्ट र अडिग छ । पार्टी आज पनि त्यही लक्ष्य प्राप्तिको यात्रामामा यात्रारत छ । जो जनताकै भावना अनुसार छ ।

देश र जनताको मुक्ति नभएसम्म निरन्तर क्रान्ति जारी रहने छ । बाध्यात्मक अवस्थामा भएपनि विचार नीति सहित जनतामा जाने मौका मिलाई दिएकोमा केपी सरकारलाई धन्यवाद नै दिनु पर्छ । किन कि अनावश्यकरुपमा प्रतिबन्ध पनि उनैले लगाए, फुकुवा पनि उनैले गरे । हतारमा गरेको प्रतिबनधको निर्णय खारेज नगरेको भए उनलाई नै आत्मग्लानी हुने वाला थियो । हाम्रो पार्टी ठिक लाइनमा थियो । प्रतिबन्ध लगाउनु गलत थियो । प्रतिबन्ध लगाउने कुरा ता उनीहरुले नै बनाएको संविधानमा पनि छैन ।

दलाल राज्यसत्ताका विरुद्ध हिजो पनि हाम्रो आवज बुलन्द थियो र भोलि पनि रहन्छ । हामी चाहन्छौं भ्रष्टाचार मुक्त समाज अनि जनतामुखी सरकार । त्यसका लागि व्यवस्था बदल्न आवश्यक छ । राजनीतिमा हारेर, थाकेर, हरेस खाएर भाग्ने कुरा हुँदैन । किन कि समाजमा विभेद र अन्याय रहदासम्म विद्रोह त भई नै रहन्छ । हामीले युद्ध चाहेका छैनौं । हिजो पनि र आज पनि । हामीले त जनताको कुरा आवज बोलेका छौं ।

जनताको आवाज नसुन्ने र दमन गर्ने अवस्थामा कतैकतै अलि ठूला धमाका त उठे होलान् तर जनताको आवाज सुनिने वातावरण निर्माण भएको अवस्थामा धमाका अधि कम भने भएका छन् । त्यसैले त हामी आज पनि जनताकै घरदैलोमा छौं । जनताको मुक्ति नभएसम्म लडिरहने छौं । बरु हामीलाई मृत्यु स्वकार्य छ हार होइन ।
 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्