राज कुमार कार्की
बोधार्थ बुद्धनगर सिधा खुला पत्र सिंहदरबार।
गर्नु पर्छ अब त मेनपावर व्यवसायीले वारपार।।
कुरो आयो है अहिले जि टु जि को नै हजुर यहाँ ।
जि टु जि को अर्थ हुन्छ सरकार सरकार बिच त्यहाँ।।
जि टु जि कामदार पठाउने भए किन धरौटी लेको।
नेपाली जनताहरुले मान्दैछन् है फेरि धेरै उदेक।।
आफ्नै कुर्सीको कति हो थाहा नै छैन आयु।
सरकारलाई किन लाग्यो फेरि ऐले काचो वायु।।
सत्र अरब आठ करोड धरौटी किन राख्न लगाको ?
कामै गर्न नपाई व्यापार सब कोरोनाले नै हजुर बगाको।।
पहिले राहदानी दियोस सरकारले छापेर फ्री।
तब मात्र नेपाली जनताले लेखी दिनेछन् श्री।।
जि टु जि गर्ने भए धरौटी फिर्ता दियोस है जि टु बि मा।
सरकारले व्यवसायीलाई धरौटी फिर्ता गर्नु नै हो जि ट बि मा ।।
संविधानले भन्छ सिन्डिकेट अब कहिल्यै चाइदैन।
त्यस्तो एकाधिकार लाउन भन्छ कानुनले पाइदैन।।
सरकारले इजरायल र दक्षिण कोरिया पठाउदा किन हजार डलर लिने ?
त्यसो हो भने किन कामदारले त्यत्रो नै पैसा दिने?
नेपाली मेनपावर मात्रै कामदार पठाउने हैन है हेरि।
अरु देशहरूले पनि कामदार पठाउछन् कि पठाउदैनन् फेरि ?
टिकट दिदैनन् कम्पनीले भने टिकट काटेर जाने बाटो बनाउ।
एक महिनाको तलब बराबर सेवा शुल्क लिने बनाउ।।
सरकारले जहिल्यै डलर खेती वालाको मात्रै कुरो सुन्ने।
तिनकै निर्देशनमा मात्रै नै हजुर नियम कानुन बन्ने।।
सरकारले मेनपावर खोलोस नेपाल सरकार भन्ने अब।
चाडो धरौटी फिर्ता गरोस् आफ्नै गाउँमा गएर केही गर्छ्न सब।।
कम्पनीले उता बाट फ्री भिसा टिकट दिन्छ कि दिदैन है हेर।
सस्तो प्रचारबाजी नगर मात्रै एकलौटी यहाँ कागज मा लेखेर ।।
मन परे लाइक कमेन्ट गर्न सक्नु हुन्छ है हजुर सेयर।
खराब लाइक कमेन्ट सेयर नगर्नु अकुलिन नै भएर।।
धन्यवाद ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।