दाङमा तिब्ररुपमा आन्दोलन चर्किदै



सैघाली खबर,
दाङ ४ पुस।
प्रदेशको अस्थायी राजधानी दाङ जिल्लालाई नतोकिएको भन्दै जिल्लामा आन्दोलन जारी रहेको छ । मंगलबारदेखि सुरु भएको आन्दोलनको रुप भने झन्पछि झन् कडा बन्दै गएको छ ।

प्राविधिक टोलीले समेत दाङ जिल्लालाई प्रदेशको अस्थायी मुकाम तोक्नका लागि गरिएको सिफारिस लत्याएको भन्दै आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबारको दिनलाई कालो दिन घोषणा गरीएको थियो ।घर घरमा कालो झन्डा राख्ने, अस्पताल बाहेक सबै सरकारि कार्यालयहरु पूर्णरुपमा बन्द गर्ने, होटल समेत सबै बजार बन्द रहेका छन भने यातायातका साधनमा पनि प्रेस होकी नाइ कडा रुपमा निगरानी गरीएको छ।

साथै एम्बुलेन्समा बिरामी हो होईन एकिन गरेर मात्र चल्न दिने बाँकी अटो, रिक्सा समेत बन्द गर्ने, आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरि जिल्लाका सबै जनप्रतिनिधिहरुलाई बन्धक बनाउने ,सम्पुर्ण नेता तथा सरकारका प्रतिनिधिहरुलाई जिल्लामा प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको ५ नं प्रदेशको राष्ट्रिय सभा चुनाव हुन नदिने, कुनैपनि प्रकारको कर नतिर्ने राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्