जसपा तुलसीपुर महतरा
तुलसीपुर ।
जनता समाजबाली पार्टी तुलसीपुर उपमहानगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ । नगर अधिवेशनले टोप बहादुर महतराको अध्यक्षतामा १९ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गिता देवकोटा, सचिवमा मोहन सिह वली, सहसचिवमा दीपक पोख्रेल, कोषाध्यमा सुरेन्द्र चौधरी, सदस्यमा जीवन भण्डारी, सीता नेपाली,जोगेन्द्र साहु, गिरीराज गंङजा मगर, विष्णु केसी, नारायण पोख्रेल, तेज बहादुर विक रहेका छन । बाँकी सदस्यहरु नगर समितिको बैठकबाट मनोनित गरिने अध्यक्ष महतराले बताए ।
टोप बहादुर महतराको अध्यक्षतामा तथा जसपाका केन्द्रिय सदस्य हरीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा नगर अधिवेशन भएको थियो । अधिवेशनको उद्घाटन कार्यक्रममा संघीय परिषद सदस्य कुल बहादुर घर्ती, कृष्ण बैरागी, जीवन भण्डारी पूर्व जिल्ला सह संयोजक सुरेन्द्र प्रकाश चन्द, प्रदेश सदस्य हेतराम चौधरी, राजेश श्रेष्ठ लगायतकाले मन्तब्य व्यक्त गरेका थिए । जिल्ला सदस्य गिता विष्टको स्वागत मन्तब्य वाट कार्यक्रम सुरु भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।