केही स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना, आगामी तीन दिनको मौसम पूर्वानुमान



चैत्र ०१ गते (आइतबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहनेछ । बागमती प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भहागहरुको मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका एक-दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०२ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।

चैत्र ०३ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्