दाङ । अनाथ बालबालिकाको सहयोगका लागि दाङमा सांस्कृतिक कार्यक्रम हुन लागेको छ । चैत्र २१ गते शनिवार हुने उक्त कार्यक्रम अनाथ बालबालिकाको सहयोगका लागि हुने भएको हो ।
पिएम इन्टर प्राइजेजको आयोजनामा शनिवार चर्चित कलाकारको उपस्थित रहने छ। गायिका सिर्जु अधिकारी , मिलन नेवार , र्यापर समिरमान घिसिङ (भीटेन) गायक प्रताप दास साथै मोडल रिया श्रेष्ठ लगाएतको बेजोड प्रस्तुति रहने आयोजकले बताएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।