बसको ठक्करबाट मृत्यु



सैघाली खबर,
दाङ,४ माघ – ।बसको ठक्करबाट दाङको राप्ती गाउँपालिका–५ लठ्हवाका अर्जुन चौधरीको ज्यान गएको छ । पोखराबाट दाङको तुल्सीपुरकालागि छुटेको ना ५ ख ४६८६ नम्बरको बसले बुधबार राति ठक्करदिँदा पैदल यात्री १९ वर्षका चौधरीको ज्यान गएको हो ।

चौधरीलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको मसुरियामा बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते चौधरीको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्