सैघाली खबर,
माघ ४, काठमाडौं ।प्रदेश राजधानीको विषयमा नेपाली कांग्रेमा किचलो सुरु भएको छ। पाँच नम्बर प्रदेशको राजधानी दाङ नबनाएको भन्दै केन्द्रीय सदस्य दीपक गिरीले बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा नेता गिरीले प्रदेश राजधानीबारे आफ्नो असन्तुष्टी राखेका थिए।
उनले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले मनाउन खोजेपनि आफू विश्वस्त नभएकोले बैठक बहिष्कार गरेको बताए। बैठक बहिष्कार गरेपछि उनले भने, प्रधानमन्त्री तथा पार्टी सभापति समक्ष प्रदेश राजधानीका विषयमा आफ्ना कुरा राखे, उहाँले एक किसिमको आश्वासन त दिनुभएको छ तर विश्वस्त हुन सकिएन।
प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले सपथ ग्रहण गराउनका लागि ठूला भवन भएको ठाउँलाई अस्थायी राजधानी बनाएको भनेपनि त्यसमा विस्वास गर्न नसकेको उनले बताए। सरकारले बुधबार सात प्रदेशका अस्थायी राजधानी तोकेको थियो
।
thahakhabar

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।