दाङ । दाङकाे देउखुरीमा आगलागीबाट छ वटा घर जलेर नष्ट भएका छन् ।विद्धुतकाे लाईन सट हुँदा दाङ देउखुरीमा आगलागीबाट घरमा रहेको टीभी, दराज फर्निचरका सामाग्री, भकारीमा रहेको अन्नपात, लुगाकपडा सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल र वडा प्रहरी कार्यालय लमही, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।
आगलागीबाट ढिकपुरका बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छु चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको बुढाले जानकारी दिनुभयो । आगलागीबाट कति क्षति भयाे भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।