पूर्व पश्चिम राजमार्गको अर्जुनखोलामा झण्डै बाह्र सययात्रु अलपत्र




सैघाली खबर
दाङ ४ माघ । पूर्व पश्चिम राजमार्गको अर्जुन खोलामा झण्डै बाह्रसय यात्रु अलपत्र परेका छन् । प्रादेशिक सरोकार समितिको अगुवाइमा गरिएको दाङ बन्दका कारण ती यात्रु अलपत्र परेका हुन । पश्चिम महेन्द्रनगर, सुर्खेत, धनगढी, दाङ, दैलेख लगाएतका स्थानका लागि छुटेका झण्डै ४० वटा सवारी साधन अलपत्र परेका हुन ।

बिहान देखि अलपत्र रहेका सवारी साधन अहिले गन्तव्यमा सम्म पुग्न नसेको यात्रुहरुले वताएका छन् । यसका साथै पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ सडकखण्ड पूर्णरुपमा बन्द हुँदा भालुवाङ र अमेलियामा सवारीसाधन रोकिएका छन् । यस्तै भित्तामोर्ड काठमाण्डौ ,पोखरा, बुटवल, झापा,विराटनगर, विरगंज लगाएतका स्थानका लागि हिडेका सवारीका साधन पनि अर्जुुन खोलामा अलपत्र अबस्थामा रहेका छन । त्यसका साथै बन्दका कारण बिहानैदेखि जिल्लाका शिक्षण संस्था, कलकारखाना बन्द रहेका छन् ।

दाङलाई प्रदेशको राजधानी बनाउन सबै हिसाबले उपयुक्त भए पनि सरकार तथा राजनीतिक दलका नेताले दाङ माथि ठूलो अन्याय गरेकाले र आफूहरुले सरकारले तत्काल निर्णय नसच्याए अनिश्चितकालीन आमहडताल जारी राख्ने समितिका सदस्य–सचिव एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्