साउदी अरेबियाले विदेशी कामदारको लागि डिजिटल परिचय पत्र दिने तयारी



काठमाडौं । साउदी अरेबियाले विदेशी कामदारको लागि डिजिटल भर्सनमा मुकिम अर्थात परिचय पत्र दिने प्रक्रिया शुरु गरेको छ । आन्तरिक मामिला मन्त्रालयको अनलाइन सेवालाई बढावा दिन र सरकारी सेवालाई प्रभावकारी बनाउन डिजिटल संस्करण शुरु गरिएको साउदी अरबको राहदानी निर्देशनालयले जनाएको छ ।

रोजगारदाता फेर्न सक्ने र स्वदेश फर्किन रोजगारदाताको अनुमति आवश्यक नपर्ने गरी आफ्नो श्रम कानूनमा परिवर्तन गरे लगत्तै साउदी अबरल डिजिटल आइडीमार्फत कामदारको सबै विवरण क्युआर कोड मार्फत हेर्न सकिने व्यवस्था मिलाएको बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्