म्यानपावर व्यबसायीलाई सचेत बन्न विभागको आग्रह



काठमाडौँ ।  पछिल्लो समय बैदेशिक रोजगारका लागि जाने युवाहरु बढे संगै म्यानपावर र एजेन्टद्वारा ठगि भएका घटना बाहिर आइरहेका छन्। यी र यस्ता घटना लाई निरन्तर खबरदारी गर्न बैदेशिक रोजगार विभागको अनुगमन टोलीले निरन्तर खबरदारी गर्दै आएको छ ।

 

हरेक घटनाको सत्यतथ्य बुझ्न अनुगमन टोलीले ठगि बाट बच्न र पिडित लाई न्याय दिने उद्देश्यले काम गरिरहेको बताएको छ । विभागको टोलीले सिनामंगल नजिकै रहेको सप्तकोशी म्यानपावर प्रालीमा अनुगमन गरेको छ । चेकजाँचका क्रममा केहि फेला नपरेको र सचेत हुन सहयोग पुग्ने टोलीले बताएको छ। साथै ब्यबसायीले विभागको यस्तो काम प्रति सबैले साथ दिनुपर्ने सप्तकोशी म्यानपावर लगाएत त्यँहाका अन्य व्यवसायीको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्