लमहीका अग्निपिडित लाई राहत, सहयोगको अपिल



दाङ । लमही नगरपालिका वडा नम्बर ६ को रोहबरमा राप्ती टोलका अग्नि पिडित हरुलाई मँगलबार राहत बितरण गरिएको छ ।

वडा कार्यालयको रोहबरमा राप्ती टोल बिकाश सँस्थाले विभिन्न संघसँस्था तथा ब्यक्तिहरु बाट राहत स्वरुप उपलब्ध खाद्यान्न एबम् लत्ताकपडा एकद्वार प्रणाली मार्फत बितरण गरेको हो ।

वडाध्यक्ष गणेशमान चौधरी र टोल बिकाश सँस्थाका पदाधिकारी हरुको उपस्थितिमा राहत बितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

दुमदुमा टोलबिकाश सँस्था खैरीबाट उपलब्ध राहत स्वरुप नगद ३९ हजार २० रुपैया, ६ सय ९२ किलो चामल, १ सय ५७ किलो धान, २ सय ५ किलो आलु, ४७ पोका नुन, १० लिटर तेल, २ किलो खुर्सानी, ५ किलो लसुन र ६ किलो बेसार बितरण गरिएको हो । त्यस्तै लङ्गडी टोल बिकाश सँस्थाले उपलब्ध गराएको नगद ११ हजार ६ सय ९५ रुपैया, ४ क्विन्टल चामल, ४० किलो धान, ५ किलो दाल, ५ किलो नुन र ३ थान गुन्द्री एकद्वार प्रणाली मार्फत बितरण गरिएको वडाध्यक्ष गणेशमान चौधरीले जानकारी दिए ।

यसैबिच लमही नगरबाट उपलब्ध खाद्यान्न तथा लत्ताकपडा, राप्ती टोल बिकाश सँस्थाबाट ५० हजार बराबरको खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा सहित नगद, दुमदुमा भगवती तरकारी तथा बीउ आलु उत्पादन सहकारी सँस्थाबाट नगद ८ हजार, एस एन्ड एस फेसन वयर लमहीका सञ्चालक श्याम नारायण चौधरी बाट ५० हजार बराबर को लत्ता कपडा र एस एम बि फुड प्रोडक्ट प्रालि देउपुरबाट ५० हजार बराबरको उपलब्ध राहत सामाग्री बितरण गरिएको छ ।

अग्निपिडित सम्पुर्ण परिवार हरुलाई लमही जेसिजले खानपिनको ब्यबस्था गरेको थियो । गत सोमबार बिहान लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोलमा तार सट भई आगलागी हुँदा ५ घर पुर्णरुपमा जेलेर सखाप भएका थिए । आगलागीबाट २५ जना बिस्थापित भएका छन भने २० लाख भन्दा बढीको क्षेती भएको छ ।

मोटरबाट पानी तान्ने क्रममा तार सर्ट भई आगलागी हुँदा बल्लु चौधरी, सरजु चौधरी, दिनेश चौधरी, प्रेम चौधरी र रेशम बहादुर बुढाको परिवार बिस्थापित भएका छन् । अग्निपिडितलाई राहत उपलब्ध गराई सहयोग गर्नुहुन वडाध्यक्ष गणेशमान चौधरीले सबैमा अनुरोध गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्