काेराेनाबाट बच्ने उपाय भएका सीआरबीटी टेलिकम सेवा प्रदायकले हटाए



काठमाडौं। कोभिड-१९ बाट बच्ने उपाय उल्लेख भएका कलर रिङब्याक टोन (सीआरबीटी) टेलिफोन सेवा प्रदायकहरूले हटाएका छन्।

निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलका एक उच्च अधिकारीका अनुसार उक्त कम्पनीले कोभिड-१९ विरुद्ध खोप अभियान सुरु भएदेखि नै सीआरबीटी हटाइएको थियो। त्यसयता म्यासेज प्रवाह मात्र बाँकी थियो।

‘कोभिडको सीआरबीटी खोप अभियान सुरु भएपछि नै हामीले हटाइसकेका थियौँ। एसएमएस र ओबीडी (आउट बाउन्ड डायलिङ) मात्र बाँकी थिए,’ एनसेलका ती अधिकारीले भने, ‘१० दिनयता करिब ८० लाखजनालाई ओबीडी र एसएमएस पठायौँ।’

उनका अनुसार त्यसरी जनचेतनामुलक सामग्री प्रवाह गर्न सरकारले गत आइतबारसम्मको समय दिएको थियो। उक्त अवधि सकिएपछि म्यासेज पठाउन छाडिएको छ।

टेलिकम सेवा प्रदायकहरूले सरकारको अनुरोधमा ६ चैत ०७६ देखि कोभिड-१९ विरुद्ध जनचेतनामुलुक सीआरबीटी बजाउन र म्यासेज प्रवाह गर्न थालेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्