अब म यस्तो गल्ती गर्दिनँ : प्रधानमन्त्री ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब आफू अल्पमतमा पर्ने गरी कसैसँग एकता नगर्ने बताएका छन्। उनले भनेका छन्, ‘माओवादी त अलग भएकै थियो। माओवादीभन्दा पनि प्रचण्ड गुट अलग भएको हो। जसरी हिजो पूर्वएमालेमा गुट थियो त्यसरी नै अहिले माओवादीमा पनि गुट छ।

माओवादीका साथीहरु अहिले पनि मिलिरहेकै छन् र मिल्ने सिलसिला जारी पनि छ। प्रचण्ड गुट पनि मिल्छ भने ठिकै छ। निर्वाचन आयोगले १५ दिनको समय दिएकै छ। तर, अब हिजोको जस्तो एकता हुँदैन। किनभने गलत आधारमा र गलत तरिकाले वा गलत शक्ति दिएर एकता गर्यो भने त्यसको परिणाम राम्रो आउँदो रहनेछ भन्ने मैले देखिसकेँ। उपयुक्त आधारमा एकता हुन्छ भने ठीक छ।

उनले थपे, ‘उनीहरुले माने भने सम्भावना हुन्छ। सबैले स्पष्ट के बुझे हुन्छ भने अब म अल्पमतमा पर्ने गल्ती गर्दिनँ। अल्पमतमा एकछिन पर्दा के हुँदो रहेछ भन्ने मैले देखेँ । बहुमत बनाइदिए उनीहरुको मैले। एकताका लागि मिलेर मात्रै निर्णय गर्न पाइने नीति छ। त्यो उहांहरुले मान्नुभएन । यो समाचार अन्नपूर्ण पोष्टमा छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्